राउटेकाे संरक्षणका लागि एकीकृत निति बनाउदै कर्णाली प्रदेश

सुर्खेत, असार ७। राउटे समुदायको सुरक्षाको लागि अब एकीकृत नीति बन्ने भएको छ । कर्णाली प्रदेश सरकारले याे नीति ल्याउन लागेकाे हाे । कर्णालीका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संरक्षण र सम्वद्र्धनका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउन लागेको बताइएको छ ।

राउटेहरुको संस्कृति र परम्परालाई जगेर्ना गर्दै सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउन लागेको हो । सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले लोपोन्मुख राउटे समुदाय कर्णालीको फरक परम्परा र संस्कृति बोकेको समुदाय भएकोले उनीहरुको संरक्षण गर्ने काम राज्यको भएको र एकीकृत नीति बनाएर संरक्षण गर्न जरुरी देखिएको बताएका छन् । आगामी साउन महिनादेखि राउटेको एकीकृत नीति अनुसार काम गरिने पनि जानकारी दिएका छन् ।

राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको हुँदा बस्ती प्रवेशमा निषेध गरिएको र राहत वितरणमा पनि एकद्वार प्रणाली लागू गरिएको छ । सुरक्षाको प्रबन्ध, छाना, नाना र खानाको व्यवस्थापन लगायतका विषयहरु एकीकृत नीतिभित्र समेटिने भन्दै विसिले ‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षणमा नीतिमार्फत मन्त्रालयले काम बताएका हुन् ।

पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको यौनजन्य घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको छ ।