October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

अभद्र व्यवहारको कसुरमा ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ

काठमाडौं, सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय आइतबार पक्राउ परेका छन् ।

संग्रौला र वाईबाको समूहले आफूमाथि प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अहिले उनीहरुलाई टेकुमा राखिएको छ ।

प्रहरीले तीनै जनालाई छलफलका लागि बोलाएको र त्यही क्रममा हिरासतमा लिएको हो । यसअघि खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको