October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप एक हजार ४२१ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु

काठमाडौं, आइतबार थप १ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ६७७ पीसीआर परीक्षणमा १ हजार ४२१ जनामा कोरोना पुष्टि भएको हो ।

४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ भने पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७२६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको