October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

दलित भन्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ

काठमाडौं, संचारकर्मी तथा कलाकार रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले आज काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानला पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् ।

यसअघि घरबेटी प्रधानविरुद्ध संचारकर्मी रुपाले ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी थिइन् ।

उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी, पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको