April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु

file photo

बाजुरा, बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु भएको छ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आइतबार कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदका अनुसार मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी हुन् ।

हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताएका छन् । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको