
काठमाडौं – थप नयाँ काेराेना संक्रमित १३३ जना थपिएका छन् । याे सँगै नेपालमा हालसम्म काेराेना संक्रमित हुनेकाे संख्या १८ हजार ३७४ जना पुगेका छन् । शुक्रबार १०७ जना डिस्चार्ज भएका छन् ।याे सँगै हालसम्म नेपालमा काेराेना संक्रमण भइ डिस्चार्ज हुनेकाे संख्या १२ हजार ९४७ पुगेका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज काेराेना संक्रमित १ जना महिलाकाे मृत्यु भएको छ मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ४४ जना पुगेका छन् ।





