July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

बाढी-पहिरोले मुलुकभर तीन जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं, केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक र एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेको उनले बताए । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको