July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

सिन्धुपाल्चोक पहिरो: ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको हेलम्बुको पहिरोमा परि बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्जुन पोखरेलका अनुसार हेलम्बुको इन्द्रावती नदीमा बेपत्ता भएका ७ जनाकै पहिचान खुलेको हो ।

बेपत्ता हुनेहरुमा माधव भण्डारी, गणेश ज्योती, टिकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, च्याङ्बा तामाङ र सीता तामाङ तथा सुरेन्द्र नेपाल रहेका छन् ।

सीडीओ पोखरेलले भने, ‘हालसम्म बाढीको कारण ७ जना बेपत्ता भएको र एकजना मृत्यु भएको छ । म अहिले चौतारामा छु । तर उता के भइरहेको फोन सम्पर्क हुन सकेको छैन् । उनले भने । उनका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।”

शीर्ष समाचार

धेरै पढिएको