July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

थप २ हजार ८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

काठमाडौं, बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४७७ पुगेको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक अनुसार ६ लाख १४ हजार २१६ जना पीसीआर र २३ हजार २१७ जनालाई एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई ३ हजार ८२ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको