July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

लमजुङमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा

लमजुङ, मनसुन सुरु भएसँगै भीषण वर्षाका कारण लमजुङको दोर्दी गाउँपालिकामा बाढीले १५ घर बगाएको छ । सोमबार साँझबाट निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ ।

आज विहानबाट पसेको बाढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बाढीले बगाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् ।

दोर्दीखोला बढेर आएको बाढीले हिलेबजारका ३० घर जोखिममा परेको बताए । घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको