April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

सिन्धुपाल्चोक र मनाङमा तत्काल राहत पठाइँदै

काठमाडौं, मनसुन सुरु भएसँगै आएको अविरल वर्षा र भीषण बाढीका कारण मनाङ र सिन्धुपाल्चोकमा कयौं घरबारविहीन भएका छन् ।

मन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार उनीहरुका लागि सरकारले तत्कालै राहत पठाउने तयारी गरेको गृह ।

सिन्धुपाल्चोकमा ट्रकमार्फत् र मनाङमा हेलिकप्टरमार्फत् खाद्यान्नलगायत राहत सामग्री लैजाने तयारी गरिएको उनले बताए ।

मनाङका ताल गाउँ, चामेलगागत क्षेत्रमा बाढीपहिरोले घरहरूमा क्षति पुगेको छ भने सिन्धुपाल्चोकमा मेलम्ची बजार र हेलम्बु गाउँपालिका वडा नम्बर १ र २ मा बाढीले क्षति पुर्‍याएको छ ।

यसैगरी हेलम्बु गाउँपालिकामा हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । लेदोसहितको बाढीले घर तथा टहराहरूमा क्षति पुर्‍याएको छ ।

शीर्ष समाचार

धेरै पढिएको