
काठमाडौं – पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भए । नेपालको कानुन अनुसार जन्मकैद भन्नाले २० वर्षको सजाय रहन्छ । तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेज बहादुर केसीको संयुक्त इजलाशले ‘सजाय चर्को पर्न जाने’ भन्दै रञ्जन कोइरालाको सजायअवधि ८ वर्ष ६ महिनामा घटाइदिएका थिए ।
२०६८ माघ ८ गते पक्राउ परेका रञ्जनको ८ वर्ष ६ महिनाको जेल अवधि बुधबार साँझबाट सकिएर बिहिबार त जेल मुक्त नै भए ।सर्वोच्च अदालतको असार १५ गतेको फैसला आदेशपछि ८ वर्ष छ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्तका हुन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको जानकारी गराएकाे हाे ।श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल जीवन बिताइरहेका थिए ।
सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो । तर सर्वाेच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेसँगै फैसला अनुसारको कैद भुक्तान गरेर कोइराला जेलमुक्त भएका हुन् । उनले २०६८ माघमा पत्नी गीताको महाराजगञ्जमा हत्या गरि पालुङमा लगेर शव समेत कसैलाई थाहा नदिई जलाएका थिए ।
जन्मकैदकाे सजाए पाउनुपर्ने भनिए पनि रञ्जन भने ८ वर्ष ६ महिनामै जेलमुक्त भए पछि आम जनमानसले सामाजिक सञ्जाल मार्फत न्यायलय माथि प्रश्न गर्दै विराेध समेत गरिरहेका छन् । ८ वर्ष ६ महिना मै किन जेल मक्त गरियाे भन्दै काेइराला भन्ने जिज्ञासा धेरैकाे पाइएकाे छ । सरकारले बिहिबार रिहा भएका रञ्जन काेइराला थुनामुक्त प्रकरणमा पुनरावलोकन का लागि निवेदन दिने भएकाे छ ।





