July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

डीआईजी सरुवामा अझै समय लाग्ने, प्रदेश र सीआईबी जान बालुवाटारमा लविङ

काठमाडौं जेठ ३१। साढे १३ महिना वितिसक्दा सक्यो तर नेपाल प्रहरीका डीआईजीहरुको सरुवा हुन अझै एक साताभन्दा बढि रोकिनसक्ने सम्भावना छ ।

यसअघि गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालेका कारण प्रधानमन्त्रीले चासो नदिँदा सरुवा रोकिएको हाे । हाल गृहमन्त्रीमा खगराज अधिकारी नियुक्ती भएसँगै लामो समयदेखि रोकिएको सरुवा हुने अपेक्षा गरिएको छ । प्रहरीमा एक वर्षमा नियमित सरुवा हुँदै आए पनि याे पटकभने समय लम्बिएको छ ।

नियमित समयमा सरुवा नहुँदा प्रहरीको ‘कमाण्ड कन्ट्रोल’ र कार्यसम्पादनमा समेत असर पर्ने प्रहरी अधिकारीहरु बताउछन् । डीआईजीहरुको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्दछ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार, “मन्त्रीज्युले सबै शाखाहरुको रिपोर्र्टिङ लिइरहनुभएको छ । अब केही दिनमा सरुवाको विषय पनि आउला ।”
कोरोना महामारी र राजनीतिक विवादबीच डीआईजीहरुको सरुवा ओझेलमा परेको हो । सातवटै प्रदेशका डीआईजी र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुखको एक वर्षको अवधी गत वैशाख ८ मा पूरा भइसकेको छ ।

एसएसपी र डीआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने भएकाले पनि सरुवा रोकिएको थियो । तर, आईजीपी शैलेश थापा क्षेत्रीले पनि यसबारे चासो कम दिएकाले सरुवा समयमा हुन नसकेको आरोप लागेकाे छ । 

डीआईजीहरु भने आफ्नो चाहनाअनुसारको सरुवाको दौडधुपमा लागेका छन् । सातवटा प्रदेश र केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नेतृत्व लिन डीआईजीहरु बढी सक्रिय भएका छन् । प्रदेश नम्बर १ मा डीआईजी सहकुल थापा र अरुण विसी चर्चामा छन् । त्यसैगरी प्रदेश २ मा दिवेश लोहनीको नाम चर्चामा छ भने वाग्मती प्रदेशमा प्रकाशजंग कार्की चर्चामा छन् ।

गण्डकी प्रदेशमा पुरुषोत्तम कँडेलको चर्चा रहेकाे छ। लुम्बिनी प्रदेशमा गणेश ऐरको चर्चा प्रहरी प्रधान कार्यालयमा चल्दै आएको छ । यस्तै कर्णाली प्रदेशमा प्रकाश अधिकारी, सुदूरपश्चिममा राजेशलाल कर्णको चर्चा छ । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का धिरजप्रताप सिंह र उत्तमराज सुवेदीको नाम चर्चामा छ । तर, आईजीपी थापा प्रदेशका नेतृत्व गरिसकेका डीआईजीलाई सीआइबीमा नल्याउने मनसायमा रहेको बताइन्छ ।

यस्तै रवीन्द्र धानुकको नाम विशेष व्युरोमा चर्चामा रहेकाे भनिएको छ ।तथापि सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका व्यक्तिलाई प्राथमिकता दिने सम्भावना बढी रहेकाे छ । त्यसकारण पनि डीआईजीहरु सरुवाका लागि वालुवाटार  धाउने गर्छन् ।

शीर्ष समाचार

धेरै पढिएको