July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

निषेधाज्ञा १ हप्ता थपियो, के के खोल्न पाइन्छ ?

काठमाडौं, जेठ ३० गते । काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा १ हप्ता थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हाे ।

निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी गराए । त्यसैगरी निषेधाज्ञामा हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी संचालन गर्न दिने भएको छ ।

किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा विहान ११ बजे सम्म खोल्न पाइने भएको छ । त्यस्तै तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न पाइनेछ ।

शीर्ष समाचार

धेरै पढिएको