
काठमाडौं – नेपालमा आज १४७ जना काेराेना संक्रमित भपिएका छन् । हालसम्म संक्रमितको संख्या १८ हजार २४१ जना रहेका छन् । काेना संक्रमित भई सफल उपचार पछि डिस्चार्ज हुनेकाे संख्या १२ हजार ८४० जना पुगेका छन् ।जसमध्ये बिहिवार १५६ जना डिस्चार्ज भएका हुन् । काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या हालसम्म नेपालमा ४३ जना पुगेका छन् ।
आज थप १ जनाकाे मृत्यु भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सक्रिय काेराना संक्रमितको संख्या ५ हजार ३५८ जना रहेका छन् । ५०० बढि उपचारमा संक्रमितको संख्या राैतहट, कैलाली , बाजुरा रहेकाे छ । नेपालकाे ७७ जिल्ला मध्य ६ जिल्ला काेरा्ना मुक्त रहेकाे छ ।





