August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पहिरोले अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

वालिङ, आज बिहानबाट नै अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । आइतबार बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको हो ।

पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले त्यहाँ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । अहिले एकतर्फी खोलेर पुनः सञ्चालन गरिएको छ । दुईतर्फी खुलाउन पहल भइरहेकाले अझै केही समय लाग्ने छ ।

शीर्ष समाचार

धेरै पढिएको