August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

असार ७ गतेसम्म खुकुलो हुने गरी निषेधाज्ञा थप्ने तयारी

काठमाडौं, काठमाडौं उपत्यकाभित्र असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्ने सरकारले तयारी गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको जोखिम कायमै रहेकाले सरकारले राजधानीभित्र केही समय निषेधाज्ञा थप्ने तयारी गरेको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्नेबारे निर्णय लिदैछ भने त्यसका लागि हाल उनीहरु बैठक बसिरहेको छ ।

उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा प्रमुख देखि सम्बन्धित अधिकारीहरुसँग परामर्शपछि निषेधाज्ञा खुकुलो गरी थप्ने निर्णय लिन लागिएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको