April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान् श्रीमतीको मृत्यु

सुनसरी, जेष्ठ-२९ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् ।

आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो ।

घटनास्थलमा उनिहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनिहरुले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको