April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

गण्डकी प्रदेशमा सरकार गठनका लागि मुख्यमन्त्री गुरुङको पनि दाबी

कास्की, गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेको चर्चा छ । मुख्यमन्त्री गुरुङनिकट स्रोतका अनुसार उनले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेस गरेका हुन् ।

शुक्रबार (हिजो) प्रदेश प्रमुख सीता पौडेलले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिँदा गण्डकीमा नयाँ ट्वीष्ट सुरु भएको हो ।

यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत तथा ३१ संसदको हस्ताक्षर बुझाइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको