November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

तीन प्रदेशमा फैलियो यस वर्षको मनसुन, देशव्यापी हुन दुईदेखि तीन दिन लाग्ने

काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले
यस वर्षको मनसुन प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश गरि तीन प्रदेशमा भित्रिएको जनाएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन यी तीन प्रदेशमा फैलिएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको हो भने यो मनसुन देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ ।

आगामी साता मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसमविद्हरूले प्रक्षेपण गरेका छन् । केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिएका छन् ।

यसैगरी अबका केही दिन मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको