June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

सभामुख र प्रमुख दलहरुबिचको बैठक सकियो, राजनीतिक संकटका विषयमा छलफल

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटा र संघिय संसदमा प्रतिनिधित्व गर्ने शीर्ष राजनीतिक दलका प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु बीच आज भएको छलफल सकिएको छ । शुक्रबार दिउँसो २ बजे बानेश्वरको संघिय संसदको भवनमा उक्त बैठक बसेको हो ।

छलफलमा सहभागी प्रतिनिधि दिपक बोहोराका अनुसार आजको उक्त छलफलमा संसद विघटन र देशमा उत्पन्न राजनीतिक तथा संवैधानिक संकटमा विषयमा छलफल भएको छ ।सभामुख सापकोटाले संघिय संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतबाट केही फैसला नआएसम्म आफूले भने कुनै धारणा नराखेको उनले बताए ।

सो छलफलमा सभामुख सापकोटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रि प्रजातान्त्रिक पार्टी (राप्रपा) का दिपक बोहोरा लगायतका शीर्ष राजनीतिक दलका नेताहरुसँग समसामयिक विषयमा छलफल छलफल गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको