June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

गण्डकीमा सरकार गठनका लागि कांग्रेसद्वारा दाबी पेस, नेपालीले बुझाए ३१ संसदको हस्ताक्षर

पोखरा, गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोखरेल)ले सरकार गठनका आज लागि दाबी पेस गरेका छन् ।

शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएकोमा २ घण्टा बित्न नपाउदै कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर बुझाएको हो ।

हस्ताक्षर बुझाउन निवर्तमान मन्त्री समेत रहेका स्वतन्त्र सांसद दीपक मनाङ्गे पनि प्रदेश प्रमुखको कार्यालय उपस्थित थिए ।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा ५ बमोजिम सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको