June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

भारतीय सेनाद्वारा नेपाली सेनालाई २८ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, विश्वव्यापी महामारी कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भारतीय सेनाले नेपाललाई २८ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

शुक्रबार भारतीय सेनाले ‘छिमेकी पहिलो’ नीति अन्तर्गत उक्त सहयोग नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच आज नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि जेठ २७ गते भारतबाट भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पिसिआर परीक्षण किट लगायत स्वास्थ्य सामाग्री काठमाडौं ल्याइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको