June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

आवश्यकता पहिचान नगरी जनशक्ति उत्पादन गर्दा शिक्षित व्यक्ति नै बरोजगार

file photo

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।आज चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, “हामीलाई मुटुको विशेषज्ञ जनशक्ति, मध्यम स्तरको जनशक्ति र सामान्य प्राविधिक जनशक्ति कति चाहिएको हो ? यसको हिसाब हुनुपर्छ ।” उनले फोक्सो, कलेजो, मृगौला, क्यान्सर जस्ता रोगहरुमा समेत हामीलाई कति जनशक्ति आवश्यक छ भन्ने कुृराको प्रष्ट रुपमा चित्रण गरिनु पर्ने धारणा बताए ।

‘आवश्यकता पहिचान नगरी जनशक्ति उत्पादन गर्दा पढेको मानिस बरोजगार हुनुपर्ने अवस्था सृजना भएको छ, जबकी उ आँफै रोजगारदाता हुनु पर्ने हो’, प्रधानमन्त्रीको भनाई थियो ।

अस्पतालहरुमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको उनको भनाइ छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमहरु तर्फ औंल्याउँदै प्रंधानमन्त्रीले यसका कार्यक्रम आवश्यक हुन् भने चलाउन र छ्रैनन् भने तत्काल बन्द गरिनुपर्ने उनले जिकिर गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको