June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

थप ३ हजार ७५० जनामा कोरोना पुष्टि, ५ हजार २५५ जना डिस्चार्ज

काठमाडौं, शुक्रबार नेपालमा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ४३ हजार ९६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना निको भई ५ हजार २२५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

निको हुनेको दर ८६.२ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६७ जनाको मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको