November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

राष्ट्रपतिबाट वनियुक्त मन्त्रीहरुले सपथ लिए

काठमाडौं, जेठ २७ गते । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार अर्थात आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गरेकी हुन् । ७ मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीको सिफारिसमा २५ सदस्यीय मन्त्रिपरिषद बनेकाे हो ।

संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गरेका थिए ।

आज शपथ खाने मन्त्रीहरुमा खगराज अधिकारी गृहमन्त्री, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री, नैनकला थापा सञ्चार सूचना तथा प्रविधिमन्त्री ,ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री , नारदमुनी राना वन तथा वातावरणमन्त्री , गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री , मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको