November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

मानवअधिकार आयाेगकाे टाेली राउटे बस्तीमा,पिडित युवतीलाई स्वास्थ्य परिक्षण गरिने

सुर्खेत जेठ २७ । केही समय अगाडि दुर्व्यवहारमा परेका राउटे युवतीको स्वास्थ्य बुझ्न मानवअधिकार आयाेगकाे टाेली राउटे बस्तिमा पुगेकाे छ । दुर्व्यवहारमा परेकि युवतिलाई परीक्षण र उनीहरूको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको हाे। उक्त टोलीले दुर्व्यवहारमा परेका युवतीको बिहीबार स्वास्थ्य परीक्षण र डीएनए टेस्ट गर्ने भएको छ । महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको छ ।

लामो प्रयासपछि राउटे मुखिया दुर्व्यवहारमा परेका दुई युवती लिएर सदरमुकाम आउन सहमत भएका छन् । बसाइँ सर्दै गुर्भाकोट नगरपालिका–११ सोतीमा पुगेका राउटेहरू आफ्नो समुदायका युवतीमाथि घटेको घटनाबारे भने अझै अनभिज्ञ रहेको बुझिएको छ।

राउटे समुदायलाई थाहा नदिएर पीडित युवतीलाई परामर्श गरी स्वास्थ्य परीक्षण गरिने आयोगले जनाएको छ । आयोगका अनुसार पीडित युवतीले आफूहरूलाई स्थानीय युवाले अत्यधिक मात्रामा मदिरा खुवाएर बेहोस बनाएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको