
काठमाडौं – नेपालमा कोरोना सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी चिनियाँ नागरिककाे आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको थियो ।
पोखरामा बस्दै आएकी उनि स्वास्थ्यमा समस्या भएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो । नेपालमा हालसम्म काेराेना संक्रमित भई मृत्यु हुनेकाे संख्या ४२ जना पुगेकाे छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुई जनाकाे मृत्यु भएको हाे । दुई जना मध्येकै १ जना महिला मृतक चिनियाँ नागरिक हुन् ।





