June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

निषेधाज्ञा उल्लंघन गरेकोमा एकैदिन साढे ४ हजार सवारी साधन प्रहरी नियन्त्रणमा

file photo

काठमाडौं, विश्वव्यापी महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा गत २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सय २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सोमध्ये १ हजार ३ सय ३९ वटा गाडी र ३ हजार ८५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

यसैगरी नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ५३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

यस्तै कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ३ सय ३४ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको