
काठमाडौं – हालसम्म नेपालमा काेराेना संक्रमितको संख्या १८ हजार ९४ जना पुगेका छन् । जसमध्ये आज १०० जना थपिएका हुन् । त्यसैगरी काेराेना संक्रमित भइ उपचार पछि निकाे हुनेकाे संख्या १२ हजार ६८४ जना पुगेकाे छ ।
जसमध्ये आज २०७ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार बुधबार २ जनाकाे मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे जम्मा संख्या ४२ जना पुगेका छन् ।
क्वारेन्टाइनमा रहनेकाे संख्या २० हजार ८४२ जना रहेका छन् । हालसम्म संक्रीय संक्रमितकाे संख्या ५ हजार ३७० रहेका छन् । र संक्रमित शुन्य रहेकाे जिल्ला ७ रहेकाे छ ।





