November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

पुरानो नक्सा छापेर बिक्री गरेकाे पुस्तक जफत गर्न शिक्षामन्त्रीकाे गाेपालकाे निर्देशन

काठमाडौं जेठ २६ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगाेपाल श्रेष्ठले उक्त पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको आज सम्पन्न ८८ औँ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने र पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने बताएका छन् ।

मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न पनि पाठ्यक्रम विकास केन्द्रलाई भनेका छन् । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नया पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिएका छन् । उनका अनुसार ‘यस विषयमा तत्काल अनुगमन गर्ने र गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको