June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं, प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । 

प्रधानधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा सुनुवाई शुरु भएको हो । 

संवैधानिक इजलासमा प्रधान न्यायाधीशको नेतृत्वमा पाँच जना न्यायाधीश छन् । आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले इजलासबाट बाहेक हुने वा नहुने भन्नेबारे राय दिनेछन् भने इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । 

शीर्ष समाचार

धेरै पढिएको