
काठमाडौं – सरकारले गएराति १२ बजेबाट लकडाउन अन्त्य गरिसकेको छ । काेराेना भाइरसबाट बच्नका लागि गरिएको १२० दिन लामाे लकडाउन मंगलबार राति १२ देेखि अन्त्य गरे सँगै उपत्यकामा बुधबार मध्याह्न देखि सडकमा सवारी चाब बढ्न थाफेकाे छ ।
उपत्यकासहितका अन्य क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्बाध रुपमा चलिरहेकाे छ ।लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली पनि अन्त्य भएको छ । लकडाउन खुलेपनि सवारी चाप बढेसँगै आम सर्वसाधारणले काेराेना बाट वच्न उच्च सतर्कता नअपनाए धेरैलाई संक्रमित हुनसक्ने देखिएकाे छ ।







