November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

थप ३ हजार ८७० जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

काठमाडौं, मंगलवार देशभर ३ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा  गरिएको १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८७० जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर गरी थप १०८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको