June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

जर्मनीले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४०० वटा गम बुट, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख, ३० हजार सर्जिकल मास्क र २५ हजार लिटर ह्यान्ड सेनिटाइजर रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको