November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

भारतमा कोरोना प्रभाव निरन्तर गिरावट, ६६ दिनमा भेटिए एक लाख भन्दा कम संक्रमित

काठमाडौं, भारतमा कोरोना भाइरसको प्रभाव दैनिक घटिरहेको छ । गत २४ घण्टामा थप ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा दुई महिनामा पहिलोपटक एक लाखभन्दा कम संक्रमित भेटिएका हुन् ।

यसअघि ६६ दिन अगाडिबाट भारतमा दैनिक एक लाखभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका थिए । हाल भारतमा दैनिक संक्रमित दरको संख्यामा कमी आएको छ ।

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ८९ लाखभन्दा बढी पुगेको छ भने मृतकको संख्या ३ लाख ५१ हजारभन्दा बढी पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२३ जनाको कोरोनाको कारण मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको