November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्राप्त गरे विश्वासको मत

धनगढी, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि आज प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिएका थिए । उनलाई बहुमत सिद्ध गर्नका लागि २७ मत मात्र आवश्यक थियो । यससँगै उनको पद जोगिएको छ ।

एमालेको खनाल-नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् ।मतदानमा ५१ जना सांसद नै उपस्थित रहेका थिए । मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको