June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

बौद्धमा बोराभित्र शव फेला

काठमाडौं, काठमाडौं उपत्यकाको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीय महिलाले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिएका छन् । उनका अनुसार दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको हो ।

यसैगरी शव युवा अवस्थाको मानिसको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको छ । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् ।

हाल शवको पहिचान भइसकेको छैन भने चिकित्सक टोलीसहित प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको