November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

आजबाट नेपालमा चिनियाँ भेरोसेल खोप लगाइने

file photo

काठमाडौं, आजबाट नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ । उक्त खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको हो ।

खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको खोप शाखाले जनाएको छ । विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको