April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

असुरक्षा बढेपछि राउटे बस्ती सिल,२२ प्रहरी खटिए

सुर्खेत, जिल्ला प्रशासन कार्यालयल सुर्खेतले पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै गैरराउटे व्यक्तिहरुलाई प्रवेश गर्नमा प्रतिबन्ध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएर राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको हो ।

कुनै पनि व्यक्तिहरुलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएका छन् ।

राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे समुदायका दुई युवतीमाथि भएको यौन दुव्यर्वहारको घटनापछि बस्तीमा शील गरिएको हो ।

बस्तीमा थप घटना हुन नदिन बस्ती सिलनै गर्नु परेको प्रहरीले जनाएको छ । केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको