November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

प्रधानन्यायाधीश राणा अस्वस्थ, आजको संवैधानिक इजलास स्थगित

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको स्वास्थ्य ठीक नभएकोले आज प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ नहुने भएको छ ।

सर्वोच्च प्रशासनका अनुसार प्रधानन्यायाधीशको स्वास्थ्य अस्वस्थताका कारण आज बस्‍ने संवैधानिक इजलास स्थगित भएको हो भने अब बुधबार मात्रै इजलास बस्‍ने भएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।

शीर्ष समाचार

धेरै पढिएको