November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

रौतहटमा सुरक्षाकर्मी र स्थानीयबिच झडप हुँदा डीएसपीसहित ७ प्रहरी घाइते

सांकेतिक तस्वीर

रौतहट, रौतहटमा गए राति सुरक्षाकर्मी र स्थानीयबिच   झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् । स्थानियले ठुलो आवाजमा डिजे बजाएको र बन्द गर्न आग्रह गर्दा सो झडप भएको हो ।

कोरोना संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञाको समयमा जिल्ला गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा विवाहमा डिजे बजाएर भीडभाड गरिएको भन्दै प्रहरी सम्झाउन पुगेका थिए ।

डीएसपी द्वारिका घिमिरे बताउछिन्, ‘पहिले दुई जना सुरक्षाकर्मी पठाएर डिजे बन्द गर्न र भीडभाड नगर्न सम्झाउन पठाएका थियौँ । स्थानीयले उनीहरूलाई घेराबन्दी गरेपछि थप प्रहरी जाँदा आक्रमण भयो ।’

निषेधाज्ञाका बेला भएको विवाहमा धेरै मानिस जम्मा नहुन भन्दै प्रहरीले यसअघि नै भीड नगर्न चेतावनी दिएको थियो । तर नियम उल्लंघन गर्दै आक्रोशित स्थानीयले प्रहरी टोलीलाई बेलुकी नौ बजे ढुंगामुढा र बासको लठ्ठीले प्रहार गरेका थिए ।

उक्त टोलको तीन घरमा ठूलो आवाजमा डिजे बजाएको थाहा पाएर बन्द गर्न आग्रह गर्दा एक्कासी ढुंगा प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपमा डीएसपी घिमिरेको टाउको र ढाडमा समान्य चोट लागेको छ । त्यस्तै अन्य ६ प्रहरी घाइते भएका छन् । प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा स्थानीय दिलीप सहनी, सुनील सहनी र राधा सहनीलाई पक्राउ गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको