June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

एमाले एकताको आह्वान: जेठ ३ पूर्वको अवस्थामा फर्कन ओली तयार

काठमाडौं, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका छन् ।

आइतबार साँझ पार्टी एकताको आह्वान गर्दै ओलीले पार्टी कमिटी र जनसंगठनहरु मुलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्किन तयार रहेको बताएका हुन् ।

ओलीले एकता आह्वानमा भनेका छन्, ‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने छ । नेपाल म्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछन् ।’ 

यस्तै ओलीले सबै कमिटीलाई पूर्ववत अवस्थामा फर्काएर एकताको पक्षमा उभिएका नेतालाई आधार मानेर केन्द्रीय र स्थायी कमिटीका संरचना गतिशील बनाइने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको