November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

थप ३ हजार २४ जनामा कोरोना संक्रमण, ९९ जनाको मृत्यु

काठमाडौं, आइतबार देशभर थप ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ ।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको