June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

ललिता निवास प्रकरण: जग्गाधनीहरुलाई २१ दिने सूचना जारी

काठमाडौं, बालुवाटारस्थित ललिता निवासको अतिक्रमित जग्गा सरकारको नाममा फिर्ता ल्याउन मालपोत कार्यालय डिल्लीबजारले प्रक्रिया थालेको छ । भूमिसुधार तथा मालपोत कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका र तिनीहरुबाट किनेका जग्गाधनीहरुलाई २१ दिने सूचना जारी गरी त्यो जग्गा आफ्नो हकदाबी गर्ने भए आधार र कारणसहित उपस्थित हुन भनेको हो ।

सुचनमा भनिएको छ, ‘तपसिलको जग्गा सरकारको नाममा जारी नगर्नुपर्ने कुनै कारण भए,आफ्नो भएको भनाइ सबुत कागज प्रमाणसहित यस कार्यालयमा लिखित प्रतिक्रियासहित उपस्थित हुन सूचना प्रकाशित गरिएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको