
काठमाडौं – सरकारले यातायात व्यवसायीहरुकाे माग सम्बाेधन गरेपछि सबैखाले यातायात सञ्चालन गर्न व्यवसायीहरु राजि भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले साउन ८ गतेदेखि सानाे, मझौला तथा लामो रुटका सबै सार्वजनिक यातायात सञ्चालन गर्ने घाेषणा गरेकाे छ ।मङ्गलबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेल गरि साउन ८ गते बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

यातायात मजदुरहरूको समूहलाई नेपाल सरकारले ५० प्रतिशत तथा सम्बन्धित व्यवसायीले ५० प्रतिशत बोहोर्ने गरी कोरोना बीमा गरिदिने, यातायात श्रमिकहरूको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने ,सरकारको तर्फबाट कोषको व्यवस्थापन गर्ने, सार्वजनिक यातायातमा श्रमिकहरूका लागि आवश्यक रहेको मास्क,पञ्जा, सेनिटाइजर,पिपिई सम्बन्धित व्यवसायीले व्यवस्था गर्ने छन ।
नेपाल सरकारको मापदण्ड अनुसार सवारी साधन सञ्चालनको लागि स्वास्थ्य सुरक्षा आवश्यक सुरक्षा सामग्री महासङ्घमा आबद्ध कम्पनी, प्राली, व्यवसायीले व्योहोर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै पत्रकार सम्मेलन गरि जानकारी दिइएको हाे । आफूहरूले उठाएको विषयमा सरकारले मौद्रिक नीतिमार्फत सम्बोधन गरेकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास लिएकाे पनि व्यवसायीकाे भनाइ छ ।





