April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

सिरहामा अज्ञात समुहद्वारा मेडिकल सञ्चालकमाथि अन्धाधुन्ध गोली प्रहार

सिरहा, सिरहाको मिर्चैया नगरपालिका ५ का ३९ वर्षीय रामसागर साफीमाथि शनिवार बेलुका गोली प्रहार गरेको छ । मिर्चैयाको मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गर्दै आएका उनलाई पसलमै ३–४ जनाको समूहमा आएका अज्ञात हतियारधारी व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार पसलमा हिसाब गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले उनिमाथि अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ भने उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माका अनुसार हाल घटनाबारे अनुसन्धान भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको