November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, नेपाल आयल निगमले शनिवार मध्य राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको