
काठमाडौं – मंगलबार १५० जना काेराेना संक्रमित थपिएका छन् । याे सँगै नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या १७ हजार ९९४ जना रहेका छन् । जसमध्ये १२ हजार ४७७ जना डिस्चार्ज भैसकेका छन् । आजमात्र ६०९ जना सफल उपचार पछि निकाे भएका हुन् ।
आज मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे छ हालसम्म नेपालमा काेराेना भाइरसका कारण ४० जनाकाे मृत्यु भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालकाे ७७ जिल्ला मध्ये ७ जिल्ला काेराेना मुक्त भएको छ । र ५ सयभन्दा बढि संक्रमित भएको जिल्ला राेतहट,कैलाली र बाजुरा रहेकाे छ ।





