March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

उपप्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति: नेपाल बहुल राष्ट्रिय राज्य हो

file photo

काठमाडौं, उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले फेरि पनि विवादास्पद अभिव्यक्ति दिएका छन् । (हिजो) शुक्रवार सपथ लिएपछि पदभार ग्रहण गर्दै गर्दा नेपाल बहुल राज्य भएको बताएका थिए ।महतोले आज शनिवार नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको व्यवस्था हुनुपर्ने बताएका हुन् ।

पार्टी कार्यालय बबरमहलमा जनता समाजवादी पार्टी (जसपा) नेपालले उनी मन्त्री भएपछि आयोजना गरेको स्वागत कार्यक्रमपछि पत्रकारसँग बोल्दै महतोले यस्तो बताएका हुन् ।

नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्ने उनले बताए । उनले बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामै लानुपर्ने दाबीसमेत गरेका छन् ।

उनले भने, ‘नेपाल विविधताले भरिएको देश हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ । विविधताले भरिएको देश एकल हुनै सक्दैन । बहुलता नै हुन्छ। बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन।’

उनले राज्य शासनमा सबैको प्रतिनिधित्व र पहिचान नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहने उनले जिकिर गरेका छन् । उनले भने, ‘राज्य शासनमा सबैको प्रतिनिधित्व हुनुपर्छ, पहिचान हुनुपर्छ, यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छन् । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ, बनाउनुपर्छ। बहुलतामा लैजानुपर्छ। यो सबैको देश हो ।’

शीर्ष समाचार

धेरै पढिएको